Section 16
उपसमिति वा कार्यटोली गठन गर्न सक्नेः

(१) समितिले आफ्नो कार्यक्रम सञ्चालन गर्न आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।